५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


मुलुक आर्थिक विकासको नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले मुलक आर्थिक विकासको नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन् ।

मंगलबार ललितपुरमा भएको आयुर्वेदसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ संविधानले अधिकारको ग्यारेन्टी गरेको भन्दै अब आर्थिक विकासमा जुट्नुपर्ने बताए ।

अब पुनःनिर्माणको कामलाई तीव्रता दिइने भन्दै उनले पूर्वाधार विकास, सडकनिर्माण र जलविद्युत्को विकासलाई सरकारले उच्चप्राथमिकतामा राखेको बताए ।

नेपाल कृषिप्रधान देश भएकाले कृषिमा लगानी जरुरी रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा पर्याप्त जडिबुटी उपलब्ध भएकाले आयुर्वेदको माध्यमबाट आर्थिक विकासमा योगदान पुर्‍याउन सहभागीहरुलाई आग्रह गरेका थिए ।