
काठमाडौं, असार २८ । सरकारले आगामी साउन १ गते देखि लागू गर्ने गरी श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको छ ।
नयाँ व्यवस्थाअनुसार श्रमजीवी पत्रकार ऐन पूर्णकार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम् मासिक पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, ऐन पूर्णकार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत् मासिक पारिश्रमिक १४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
अरु सन्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक भने १४ हजार १ सय रुपैयाँ, अरु सन्चार प्रतिष्ठानका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत् पारिश्रमिक १२ सय ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा न्यूनतम् पारिश्रमिकको सट्टा कार्यघन्टा र करारबमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गरिने मंगलबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्