१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


‘नेपालमा क्यान्सरका बिरामी बढ्दै’


0
Shares

काठमाडौं, असार २८ । नेपालमा क्यान्सर रोगका बिरामी बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको तथ्यांकअनुसार हाल नेपालमा करिब ५० हजारभन्दा बढी क्यान्सरका बिरामी रहेका छन् ।

नेपालमा हालसम्म पनि कति क्यान्सरका रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक नभएपनि विश्व स्वास्थ्य संगठनको तथ्यांक मान्ने हो भने वार्षिक ३० देखि ३५ हजार नयाँ बिरामी देखा पर्छन् ।

अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले यही अवस्था रहिरहे यो संख्या अझ बढ्नसक्ने बताए ।

क्यान्सर अस्पताल भरतपुरमा विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फग्रन्थी, पेटको, रगत, घाँटीको, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुखरुपमा पाइएको छ ।

विश्वमा हरेक वर्ष करिब एक करोड २० लाख नयाँ क्यान्सरका बिरामी भेटिने गरेका छन् । त्यसमध्ये ७० लाख व्यक्तिको मृत्यु हुने गरेको छ । रासस