१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


यातायात व्यवसायीको खाता खोल्न मन्त्री महासेठको पत्र


0
Shares

काठमाडौं, असार २६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको बैंक खाता खोल्न राष्ट्र बैंकलाई पत्र पठाउन लगाएका छन् ।

‘सिन्डिकेट’धारी २४५ ओटा व्यवसायीको बैंक खाता खुलाउने प्रयासस्वरुप मन्त्री महासेठले राष्ट्र बैंकलाई पत्राचार गर्न अर्थ मन्त्रालयलाई दबाब दिएको र मन्त्रालयले पत्राचार गरेको बुझिएको छ ।

अहिलेसम्म तीन व्यवसायीहरुको बैंक खाता खुलाउन अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरेको जनाइएको छ ।