१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


दिक्तेल बजारमा आगलागी, तीनवटा घर जले


0
Shares

खोटाङ, असार २९ । खोटाङको सदरमुकाम दिक्तेलको हस्पिटल चोकमा भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन् ।

मुख्य बजारमा आज बिहान लागेको आगोका कारण स्थानीय झकप्रसाद पाण्डे, जीवन बस्नेत र ढकबहादुर पाण्डेका घर पूर्णरुपमा जलेका हुन् ।

झकप्रसादको घरबाट सल्किएको आगोलाई तत्काल नियन्त्रणमा लिन नसक्दा अन्य घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

जिल्लामा एउटा दमकल रहे पनि चालक नहुँदा स्थानीय, ससस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले आफ्नै स्रोत साधनमा साढे २ घण्टापछि आगो नियनत्रणमा लिएका थिए । आगलागीबाट २ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।