
काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्रले गरेको हो ।
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बरु संसदको सामना गर्ने भनेपछि माओवादी केन्द्रले सदनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा माओवादी केन्द्रले अहिले संसद भवन बानेश्वरमै संसदीय दलको बैठक बोलाएर छलफल गरेको हो ।
यता, अध्यक्ष दाहाल निवासमा बसेको पदाधिकारी बैठकले आफ्नो समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको ठहर समेत गरेको छ । बैठकले प्रधानमन्त्रीको राजिनामा नआए बजेट पारित गराउन असहयोग गर्ने जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पनि बसिरहेको छ । संसद भवन बानेश्वरमा बसिरहेको बैठकमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्