सरकारको नेतृत्व गर्न सभापति देउवालाई एमालेको प्रस्ताव « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


सरकारको नेतृत्व गर्न सभापति देउवालाई एमालेको प्रस्ताव


0
Shares

काठमाडौं, असार २९ । नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ ।

माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।

तर एमालेले ढिला गरी प्रस्ताव ल्याएको भन्दै कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो । कांग्रेस केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले एमालेले ढिला गरी प्रस्ताव ल्याएको बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत एमालेले ल्याएको प्रस्तावका बारेमा सामान्य छलफल भएको थियो ।

तर माओवादी केन्द्रसँग लिखित सहमति गरिसकेकाले तत्काल त्यो सहमति तोड्न नहुने पक्षमा अधिकांश सदस्य देखिएपछि प्रधानमन्त्री बन्न देउवालाई गरेको प्रस्ताव अस्वीकृत भएको हो ।