
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक गुणस्तर वृद्धि गर्न सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवस बैठकमा आज बोल्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको सफलताका लागि अगाडि बढ्ने आकांक्षालाई कुनै सिमाले रोक्न नसक्ने बताए ।
उनले विश्वविद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्नेतर्फ सरकारले तयारी गरिरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले विगतका कमीकमजोरीलाई हटाउँदै विश्वसनीय र समयानुकूल शिक्षालाई लागू गर्न सबै प्रबुद्ध वर्गको प्रयास आवश्यक हुनेमा जोड दिए ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका अध्ययन संस्थान र संकायका डीनहरुले आ–आफ्नो अध्ययन संस्थान र संकायअन्तर्गत प्रदान गरिने विभिन्न उपाधिका निम्ति योग्य ठहरिएका उम्मेदवारलाई सम्बन्धित उपाधि प्रदान गरियोस् भन्ने प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्विकृती प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्