२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


सरकार ढाल्न मोर्चाले सघाउने, यादवको प्रतिबद्धता


0
Shares

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।

मोर्चाका संयोजक समेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर परिसरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने प्रष्ट पारे । नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले जनाए ।

नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्ने उनको भनाइ थियो ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । (रासस)