
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माणको दौड सुरु भएको छ । नयाँ सरकार निर्माणका लागि समिकरण मिलाउन सांसदहरुको जोडघटाउ पनि सुरु भइसकेको छ ।
कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन् । उनीहरुले तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् । यद्यपी, ओली राजीनामा नदिने अड्डी कसिरहेका छन् ।
तर उनको अड्डी यही रुपमा टिकिरहने अवस्था देखिदैन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेकाले ओली सरकार अल्पमतमा परिसकेको छ । २०७२ असोज २५ गते ओलीले व्यवस्थापिका संसदको बहुमत अर्थात ३ सय ३८ मत पाएर प्रधानमन्त्री बनेका उनी ८२ सिट रहेको माओवादी केन्द्रले समर्थन फिर्तापछि लिए पछि सरकार संकटमा परेको हो ।
यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीलाई २ सय ५३ सांसदको समर्थन भने कायमै छ । ओली प्रधानमन्त्री निर्वाचित हुँदा एमालेका १ सय ८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका थिए । ५ सय ९५ संसद सदस्य कायम रहेको संसदको बहुमतमा रहन २ सय ९८ जनाको समर्थन आवश्यक छ । यता ओलीको विपक्षमा रहेका मधेसीहरूसँग ३७ मत छ ।
ओली सरकारको पक्षमा–२५३
एमाले १ सय ८२
राप्रपा नेपाल २५
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४
राप्रपाः १२
नेकपा माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
नेपाल परिवार दल २
मधेस समता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल पार्टी १
विपक्षमा– ३ सय ४१
कांग्रेस २ सय ७
एमाओवादी ८२
संघीय समाजवादी फोरम नेपाल १५
तमलोपा ११
सद्भावना पार्टी ५
तराई मधेस सद्भावना पार्टी ३
राष्ट्रिय मधेस समाजवादी पार्टी ३
नेकपा संयुक्त ३
थरुहट तराई पार्टी २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
खम्बुवान राष्ट्रिय पार्टी १
नेपाली जनता दल १
फोरम गणतान्त्रिक १
संघीय सद्भावना पार्टी १
जनजागरण पार्टी १
नेपाल सद्भावना पार्टी १
दलित जनजाति पार्टी १
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १
स्वतन्त्र १
प्रतिक्रिया दिनुहोस्