
फाइल फोटो
काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दल तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहितको बुधबार बसेको संयुक्त बैठकबाट बाहिरिनेक्रममा उनले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा पर्खिरहेको संक्षिप्त प्रतिक्रिया दिए ।
नयाँ बानेश्वरस्थित संसद भवनमा सो बैठक बसेको थियो ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवाले ‘एमालेले तपाइँलाई प्रधानमन्त्री पदमा प्रस्ताव एवं समर्थन गर्दैछ हो ?’ भन्ने जिज्ञासामा उनले सो ‘प्रस्ताव ढिलो भयो’ भन्ने जवाफ दिए ।
उनले संविधान कार्यान्वनका लागि दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेस र केन्द्रका बीचमा सहमति भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्