
फाइल फोटो
काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसदको बुधबारको बैठक सुरु हुनुअगावै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन् ।
केन्द्रको नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान बसेको संसदीय दलको बैठकपछि उनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारको बजेट पारित गराउन भने आफ्नो पार्टीले अवरोध नगर्ने बताए ।
केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो ।
व्यवस्थापिका–संसदको बैठक ३ बजे बस्नेछ ।
नेता पोखरेलले केन्द्र र एमालेका बीचमा भएका ९ बुँदे र तीनबुँदे भद्र सहमतिलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको हुँदा आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको स्पस्ट पारे ।
अब बन्ने नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने र यसका लागि नेपाली कांग्रेसले सहयोग गर्ने उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्