
काठमाडौं, असार २९ । प्रा.डा. गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दापनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले बुधबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।
एसोसियसनमा आवद्ध चिकित्सकले डा. केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौंपटक अनशन बसेका छन् ।
राष्ट्रिय चिकित्सक संघ र राष्ट्रिय मावनअधिकार संगठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्