१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


भानुभक्तको पूर्णकदको सालिकमा माल्यार्पण


0
Shares

काठमाडौं, असार २९ । २०३औं भानुजयन्तीको अवसर पारेर भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयले बुधबार विद्यालय स्थापनाको स्वर्णवर्ष महोत्सव समापन समारोह गरेको छ ।

काठमाडौंको पानीपोखरीस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यालय परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले भानुभक्तिय रामायण वाचन गर्नुका साथै सामूहिक नृत्य प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा मलेसियामा आयोजित अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका विजेता सोही विद्यालयका विद्यार्थी विशांक राणालाई सम्मान गर्नुका साथै सबै तहका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक पनि प्रदान गरिएको थियो ।

वि.सं. २०२३ सालमा आदिकवी भानुभक्त आचार्यको स्मृतिमा भानुभक्त स्कुल स्थापना भएको हो ।