१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


अपांगता अधिकार ऐनसम्बन्धी विधेयक तत्काल पारित गर्न माग


0
Shares

काठमाडौं, असार २९ । अपांगता भएका व्यक्तिहरुले अपांगता अधिकार ऐन २०७२ सम्बन्धी विधेयक तत्काल पारित गर्न माग गरेका छन् ।

३५ वर्षअघिको ऐन रहँदै आएकोमा नयाँ ऐन बनाउने विधेयक तत्काल पारित गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ ।

राष्ट्रिय अपांग महासंघले करिब एक साताअघि व्यवस्थापिका–संसदमा पेश गरिएको विधेयक पारित गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष सुर्दशन सुवेदीले विधेयकलाई तत्काल पारित गर्ने हो भने आफूहरुको जीवनमा ठूलो राहत मिल्ने बताए ।