
काठमाडौं, असार २९ । चिकित्सा क्षेत्रका बेथिति सुधार गर्न माग गर्दै चार दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।
आठौंपटक अनसन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबारदेखि स्लाइन दिन थालिएको छ ।
चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउन माग राखेर डा. केसी अनसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्