
काठमाडौं, असार २९ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बजेटका कारण अप्ठेरो अवस्थामा फसेका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को बजेट पारित गर्ने प्रयोजनका लागि डाकिएको व्यवस्थापिका–संसद बैठक बुधबार बस्दै नबसी शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
संसदले गत शनिबार विनियोजन विधेयक पारित गरिसकेकाले अब बजेट विफल बनाउन नमिल्ने र बजेट पारित गर्दा प्रधानमन्त्री ओलीको संसदमा बहुमत देखिने अवस्थाका कारण माओवादी अप्ठेरोमा परेको हो ।
सरोकारवालाहरुबीच छलफल गर्नका लागि संसद बैठक दुई दिन पर सारिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्