
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने भएपछि उनीविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादीले बुधबार संयुक्तरुपमा व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
कानुनविद् कमलराज थापा अब प्रधानमन्त्री ओलीसमक्ष राजीनामा वा अविश्वास प्रस्तावको सामनाबाहेक अर्को विकल्प नरहेको बताउँछन् ।
वर्तमान सरकारविरुद्ध अविश्वास राख्न नपाइने चर्चापनि बजारमा ब्याप्त रहेको पाइन्छ ।
नेपालको संविधान २०७२ मा सरकार गठन भएपछि दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने उल्लेख भएपछि सो व्यवस्था संक्रमणकालीन अवस्थाको वर्तमान सरकारमा लागू नहुने पनि थापाको जिकिर रहेको छ ।
ओली सरकारले अब संवैधानिक व्यवस्थाअनुसार नै अविश्वासको प्रस्तावको सामना गरेपछि नै वर्तमान सरकारको विषयमा निक्र्यौल हुनेछ । (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्