
काठमाडौं, असार २९ । नेपालको राजनीति पुनः अस्थीरतातर्फ धकेलिएको छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राजनीतिक ध्रुवीकरण र अन्यौल बढेको हो ।
भूकम्प, नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्रमा समयमा बजेट आएर साउनदेखि नै कार्यान्वयनमा जाने भएसँगै केही सुधार आउने अपेक्षा गरिएको थियो ।
पछिल्लो समय संविधान आएर राजनीति केही स्थीरतातर्फ उन्मुख भएको भान हुन्थ्यो । तर, पुनः सत्ताको खेलमा राजनीति अलमलिँदा निजी क्षेत्र निराश बन्न पुगेको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकार परिवर्तन भएपनि आर्थिक मुद्दाहरुलाई प्रभावित हुन नहुनेमा जोड दिन्छन् ।
नयाँ आर्थिक वर्ष सुरु हुनै लागेकोले विकास निर्माणतर्फ ध्यान दिनुपर्ने समय हो यो ।
बुधबार हामीसँग कुरा गर्दै उनले व्यवस्थापिका–संसद र सरकारका अरु अंगले गर्नुपर्ने काम राजनीतिक नेतृत्व परिवर्तनको हल्लासँगै प्रभावित गर्न नहुनेमा पनि जोड दिए ।
राजनीतिलाई धेरै तरल एवं देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी अस्थीर नबनाउन निजी क्षेत्रले आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्