२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


२६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापना यताको २२ औं हो । यो सरकार पनि नौ महिना मै संकटमा पर्‍यो ।

सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पर्छ । यी २६ वर्षमा ६ पटकमात्रै आर्थिक बृद्धिदर ५ प्रतिशत नाघेको छ ।

मुलुकको आर्थिक बृद्धिदरमा मनसुन, उर्जाको समेत असर देखिने भए पनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ । यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक बृद्धि भएको छ ।

प्रजातन्त्र पुनःस्थापना भएकै आर्थिक वर्ष २०४७/०४८ मा ६ दशमलव ३ प्रतिशत बृद्धि भएको थियो । हालसम्मकै सबैभन्दा बढी आर्थिक बृद्धि भने आव २०५०/०५१ मा हासिल भएको थियो । उक्त वर्ष ७ दशमलव ६ प्रतिशतको बृद्धि भएको थियो ।

२०५१ मै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीको समर्थन जुटाउन नसकेपछि संसद भंग गरेर निर्वाचन घोषणा गरेका थिए । विश्लेषकहरु त्यहीँबाट नै मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको बताउँछन् । त्यसयता कुनै पनि सरकार ३ वर्ष टिकेका छैनन् । –कान्तिपुर दैनिकबाट