
सर्लाही । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
जिल्लाको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–९ कुरैनियामा स्थानीय विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा डुबेर ज्यान गएको छ ।
बाख्रा चराउन गएका बालकको पक्की बाँधमा डुबेर घटनास्थलमै ज्यान गएको हो ।
यस्तै, जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त कुमार परियारको घटनास्थलमै ज्यान गएको छ ।
दुवै बालकको शव पोष्टमार्टमका लागि आज साँझ जिल्ला अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्