१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


जन्ती बस दुर्घटना हुँदा ८ जना घाइते


0
Shares

पर्वत, असार ३० । पर्वतको कुश्मा नगरपालिका–६ दुर्लुङ्गस्थित सल्यानमा बुधबार साँझ जन्ती बस दुर्घटना हुदा ८ जना घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका १८ पकुवा दुर्लुङ पुगेको बस बेहुली लिएर फर्किने क्रममा दुर्घटना भएको हो ।

ध १ ख ९७ नम्वरको मिनिबस तिब्र गतिका कारण सडकबाट ५ मिटर तल बारीमा खस्दा यात्रुहरु घाईते भएका हुन् ।

घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । घाइते मध्ये एक जनाको अबस्था गम्भिर रहेकाले थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।