
-दीर्घराज उपाध्याय, ईमेज
कैलाली, असार ३० । कैलालीका विभिन्न गाविस वर्षेनी डुवान र कटानमा पर्दै आएका छन् । फूलवारी, हसुलिया, पवेरा र रतनपुर गाविसका बासिन्दा वर्षौदेखि डुबान र कटानको समस्यामा परे पनि समस्या समाधानमा सम्बन्धित निकायले चासो देखाएको छैन ।
२०५८ सालदेखि मोहना नदीको कटान र डुबानले धनगढी उपमहानगरपालिका–१८ फुलवारीको खेदा क्षेत्रका करिब १ सय ५० घर प्रभावित भएका छन् ।
२५ घर पूर्णरुपमा विस्थापित भईसकेका छन् । अहिले पनि सो क्षेत्रमा मोहना नदीले कटान गरिरहेको छ । कैलालीको फूलवारी, हसुलिया, पवेरा र रतनपुर गाउं विकास समिति क्षेत्रका वासिन्दाहरुले डुबान र कटानको समस्या भोग्दै आएका हुन् ।
मोहना नदीको कटान खेदाको वस्ती तिर आएकाले करिब १ सय विगाहा जमिन नेपालको मोहना नदी पारी पुगेको छ । २०६५ सालको बाढीले सो क्षेत्र कटान गरेर पुरै बगर बनाएको थियो ।
खेदा क्षेत्रमा रहेको आफ्नो सवै खेतीयोग्य जमिन मोहनाले लगेपछि परिवार पाल्नै समस्या भएको स्थानीयको गुनासो छ ।
खेदा क्षेत्रको नदी नियन्त्रणका लागि तटबन्धको माग गर्दै तत्कालिन गाउं विकास समिति, हाल धनगढी उपमहानगरपालिका र जिल्ला विकास समितिमा धेरै पटक धाएको तर कतैबाट सहयोग नभएकाले आफ्नै आँखा अगाडी जमिन बगरमा परिणत भएको हेर्नुपरेको उनिहरु बताउंछन् । भोट माग्ने बेला सवै पार्टीका नेताहरु आए पनि अहिले समस्या पर्दा कोही फर्किर नआएको दुखेसो पीडितको छ ।
प्रतिक्रिया दिनुहोस्