५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


स्थायित्व र विकासको वातावरण बनाउन सक्दो प्रयास गरें : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति, स्थायित्व र विकासको बाटोमा अघि बढाउन जरुरी रहेको बताएका छन् ।

धम्मावती गुरुमाको ८३औं जन्मजयन्तीको अवसरमा विहीबार राजधानीमा भएको कार्यक्रममा उनले शान्ति, स्थायित्व र विकासको वातावरण बनाउन आफूले सक्दो प्रयास गरेको पनि बताए ।

उनले बुद्धको शान्ति-सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले गौतमबुद्धका सन्देशलाई सबैले आत्मसाथ गर्नसके मुलुकले सकारात्मक बाटो लिने बताए ।