१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


टेलिकममा कार्यरत् कर्मचारीहरुको श्रमशोषण भइरहेको आरोप


0
Shares

काठमाडौं, असार २६ । नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकममा कार्यरत् कर्मचारीहरुको श्रमशोषण भइरहेको आरोप लगाएको छ ।

मंगलबार टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी युनियनले कर्मचारी विनियमावलीविपरीत सरुवा गर्ने गरेको आरोप लगाएको हो ।

युनियनका अध्यक्ष राजेन्द्रप्रसाद दाहालले व्यवस्थापनले कानुनी शासनमाथि नै प्रहार गरेको आरोप लगाउँदै कानुनअनुसार काम गराउन दबाबमूलक संघर्ष गर्ने बताए ।

नेपाल टेलिकममा करिब ४ हजार ४०० कर्मचारी रहेका छन् ।