१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


पत्रकारिता पुरस्कारका लागि ११ लाखको अक्षयकोष स्थापना


0
Shares

पोखरा, असार ३० । पोखराका उद्योगपति सूर्यबहादुर केसीले आफ्ना बाबु कीर्र्तिबहादुर केसीको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

हरेक वर्ष कम्तीमा एकजना पत्रकारलाई पुरस्कृत गरिने गरी कोष स्थापना गरिएको हो ।

कीर्तिबहादुर केसीको पुन्यतिथिको दिन आगामी चैत १९ गते पहिलो पुरस्कार वितरण हुने जनाइएको छ ।

अक्षयकोष सन्चालन र पुरस्कार वितरण निर्देशिका पनि बनाइने पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

यसैगरी, उद्योगी केसीले सानै उमेरमा मृत्यु भएका भाइको सम्झनामा बालपुरस्कार र सुत्केरी हुनेक्रममा ज्यान गुमाएकी बहिनीको सम्झनामा पनि पुरस्कार दिने गरी ३/३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।