१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


बुटवल उपमहानगरपालिका खुला दिसामुक्त र पूर्णखोपयुक्त क्षेत्र घोषित


0
Shares

बुटवल, असार ३० । बुटवल उपमहानगरपालिकालाई खुला दिसामुक्त तथा पूर्णखोपयुक्त क्षेत्र घोषणा गरिएको छ ।

बुटवलका सम्पूर्ण घरधुरीमा पक्की शौचालय बनेपछि विहीबार तामझामपूर्ण समारोहसहित खुला दिसामुक्त उपमहानगरपालिका घोषणा गरिएको हो ।

यसैगरी, बुटवलका एक वर्षमुनिका सबै बालबालिकालाई बालअपांगता र बालमृत्यु न्यूनीकरण गर्न १० ओटा रोगविरुद्ध दिइने खोप पूरा भएपछि खोपयुक्त उपमहानगरपालिकासमेत घोषण गरिएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले अब पूरै जिल्लालाई नै खुला दिसामुक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए ।