२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अविश्वास प्रस्तावमाथि छलफल नसकिएसम्म माओवादीले आर्थिक विधेयक पारित हुन नदिने


0
Shares

काठमाडौं, असार ३१ । नेकपा माओवादी केन्द्रले संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल पुरा नभएसम्म आर्थिक विधेयक पारित गर्न नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको कार्यालयको बैठकले गत बुधबार संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको बारेमा विस्तृत छलफलपछि मात्रै अर्थसम्बन्धी विधेयकहरुलाई पारित गर्न दिने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकले सहमतिका आधारमा नयाँ सरकार गठन गर्नका लागि सबै राजनीतिक दलहरुसँग छलफल गर्ने र त्यसको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय पनि गरेको छ ।