१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


आमसञ्चार क्षेत्रमा अभूतपूर्व परिवर्तन : मन्त्री राई


0
Shares

काठमाडौं, असार ३१ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रमा अभूतपूर्व परिवर्तन भइरहेको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालय र सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले शुक्रबार राजधानीमा गरेको प्रस्तावित आमसञ्चार नीतिमाथिको छलफलमा मन्त्री राईले सरकारले विलम्ब नगरी संविधानको मर्मअनुरुप सञ्चार क्षेत्रलाई समयानुकूल परिस्कृत गर्दै लगेको दाबी गरे । उनले प्राप्त सूचना र साझा प्रयासबाट सरकारले ल्याउन लागेको सञ्चारसम्वन्धी नीति सर्वमान्य हुने विश्वाससमेत व्यक्त गरे ।

मन्त्री राईले सञ्चार नीति दल विशेषको नभएर आम सञ्चारको नीति भएको भन्दै सूचनाको हकसम्बन्धी अधिकारलाई अब कसैले अवरोध गर्न नसक्ने बताए ।

कार्यक्रममा सभामुख ओनसरी घर्तीले सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रस्ताव गरेको राष्ट्रिय आमसञ्चार नीतिले गणतन्त्रको जग अझ बलियो हुँदै जाने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो समय दलहरुबीच देखिएको धु्रवीकरणले राष्ट्रिय मुद्दा ओझेलमा पर्न लागेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता विषयलाई सहमति र सहकार्यबाट टुंग्याउन आग्रह गरिन् ।

कार्यक्रममा सहभागीहरुले प्रस्तावित राष्ट्रिय आमसञ्चार नीति र नियामक निकायको संरचनासम्बन्धी विषयमा आ–आफ्नो धारणा राखेका थिए ।