
भक्तपुर, असार ३१ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा केन्द्रीय कमिटीमा छलफल नै नगरी एकलौटी ढंगले अघि बढेको आरोप लगाएकी छन् ।
शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा नेत्री कोइरालाले पार्टीमा छलफल गरेरमात्र कुनै काम गर्न र पार्टीको अपूर्ण कमिटीलाई तत्काल पूर्ण बनाउन माग गरिन् ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राखिएपनि नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको बताइन् ।
ओली नेतृत्वको सरकार कस्तो भूमिकामा प्रस्तुत् हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भरपर्ने उनको भनाइ थियो ।
नेत्री कोइरालाले सहमतिको सरकार निर्माण नभए संविधान कार्यान्वयनमा समस्या आउने र सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का बेहोर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्