
तनहुँ, असार ३१ । सेतीमादी नदीले बगाउँदा तनहुँमा शुक्रबार एक किशोरी बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा भिरकोट गाविस वडा नम्बर–२ घर भइ हाल व्यास नगरपालिका वडा नम्बर–१० बीसघरेमा बस्दै आएकी १८ वर्षीया हरिमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बीसघरे र काहुँशिवपुरर गाविस–१ झापुटार जोड्ने झोलुंगेपुलमुनि सेतीमादी नदीले बगाएर ल्याएरको दाउरा निकाल्नेक्रममा विक बेपत्ता भएकी हुन् ।
घटना भएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नदी किनार आसपासमा खोजीकार्य तीव्र पारेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्