Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


कर्णाली प्रिमियर लिगमा कर्णाली–११ ले लगातार दोस्रो जित निकाल्यो


0
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगमा घरेलु टोली कर्णाली ११ ले लगातार दोस्रो जित हात पारेकोे छ ।

स्थानीय कालिन्चोक किक्रेट मैदानमा भएको खेलमा समूह ए अन्तर्गत कर्णाली ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको हो ।

जितसँगै कर्णाली ११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली ११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउन सफल भयो ।

लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली ११ को लागि कृष्ण कार्कील सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए ।

कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए ।

मध्यपश्चिमको लागि शैलेन्द्र यादवले सर्वाधिक ३१,राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए ।