१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


अनशनरत् डा. केसीको स्वास्थ्यस्थिति कमजोर


0
Shares

काठमाडौं, असार ३१ । अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ ।

डा. केसीका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको बेवास्ताले डा. केसीको उपचार हुन नसकेको जनाएका छन् ।

डा. केसीका समर्थकहरु विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा केसीको उपचार गराइ पाऊँ भनी निवेदन दिएका थिए ।

स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिविरुद्ध भन्दै डा. केसी आठौंपटक अनशन बसेका हुन् ।