१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


पाल्पाका घुम्तीमा ‘कन्भेक्स मिरर’, के हो कन्भेक्स मिरर ? (भिडियोसहित)


0
Shares

सीता पाण्डे (इमेज)
पाल्पा, असार ३१ । पहाडी क्षेत्रका सडकका घुम्ती तथा मोडमा हुने दुर्घटना कम गर्न पाल्पामा नयाँ अभियानको सुरु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत् तानसेन–बुटवल सडकका ठूला घुम्तीमा ‘कन्भेक्स मिरर’ राखेर दुर्घटना न्यूनीकरण गर्ने उपाएको खोजी गरिएको छ ।

मोड तथा घुम्तीमा विपरीत दिशाबाट आएको सवारी–साधन दुबैतर्फ देखिने हुँदा बेलाबखत एक–आपसमा सवारी–साधन ठोक्किएर हुने दुर्घटना कम गर्न ‘कन्भेन्स मिरर’ प्रभावकारी हुने देखिएको हो ।

वैदेशिक रोजगारकाक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था नमस्ते पाल्पा परिवार दक्षिण कोरियाकोे १० लाख रुपैयाँ सहयोगमा ‘कन्भेक्स मिरर’ जडान गरिएको हो ।

पाल्पाको दोभान, मस्याम, मदनपोखरा र तानसेनका ठूला–ठूला घुम्तीमा ३१ ओटा कन्भेक्स मिरर राखिएको नमस्ते पाल्पाका संस्थापक अध्यक्ष चेतन सारु बताउँछन् ।

दुर्घटना न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी देखिएमा अन्य पहाडी जिल्लामा पनि विस्तार गर्दै लगिने योजना रहेको सो संस्थाले जनाएको छ ।

मोडहरुमा राखिएको कन्भेक्स मिररको सबै सरोकारवालाहरुले उपयोग गर्ने सकेमात्र दुर्घटनाबाट जोगिन सकिनेछ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।