२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सरकारमा सहभागी हुँदैनौ : ठाकुर


0
Shares

वीरगन्ज, असार ३१ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीय प्रदेशको सीमांकनलगायतका माग पूरा नभएसम्म मधेसी दल सरकारमा सहभागी नहुने बताएका छन् ।

शुक्रबार बीरगन्जमा भएको एक कार्यक्रममा उनले वर्तमान सरकारको विपक्षमा मतदान गरेपनि माग पूरा नभएसम्म नयाँ सरकारमा सहभागी नहुने बताए ।