
फाइल फोटो
काठमाडौं, असार ३१ । ग्यास उद्योगीहरुले एकपटकका लागि विभिन्न ‘ब्रान्ड’का ग्यास सिलिन्डर निःशुल्क सट्टा–पट्टा गरिदिने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।
उपत्यकामा केहि समयअगाडि एलपी ग्यासको चरम अभाव भएकाबखत उपत्यकाबाहिर रहेका उद्योगहरुको ग्यास सिलिन्डर उपभोक्ताहरुबाट काठमाडौंमा अत्यधिक मात्रामा भित्रिएको थियो ।
यसैले व्यवस्थापिका–संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, नेपाल सरकारलगायतका सम्बन्धित निकायहरुको अनुरोधका साथै आम उपभोतmाहरुको मागलाईसमेत मध्यनजर गरी ग्यास साट्ने व्यवस्था मिलाएको संघले जनाएको छ ।
काठमाडौं उपत्यकाका उपभोक्ताहरुका लागि उपत्यकाबाहिरमात्र बजारीकरण हुँदै आएका नेपाली ब्रान्डका सिलिन्डरहरु एकपटकका लागि साउन २ गतेदेखि ८ गतेसम्म निःशुल्क सट्टापट्टा गर्नेे भएकोले सम्बन्धित ग्यास उद्योगहरुकोे गोदाममा सम्पर्क राखी सट्टापट्टा गर्न संघले उपभोक्तालाई आग्रह गरेको गराएको छ ।
प्रतिक्रिया दिनुहोस्