Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


साउन १ देखि शेयरबजार कारोबारको समय एक घन्टा थप


0
Shares

काठमाडौं, असार ३१ । साउन १ देखि शेयरबजार कारोबारको समय एक घन्टा थपिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बृद्धि तथा सरोकारवालाहरुको सुझावअनुरुप आगामी आर्थिक वर्षको सुरुदेखि नेप्सेमा हुने कारोबारको समय थप एक घन्टा बृद्धि गरी ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म गर्न लागेको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको हो ।

धितोपत्र कारोबारको राफसाफतथा फछ्र्यौटकार्य पूर्णरुपमा अभौतिकरुपमा हुने व्यवस्थापश्चात् बजारमा बढ्दै गएको कारोबारलाई हेरी लगानीकर्ताहरुलाई सुविधादिने उदेश्यले एक घन्टाको समयावधि थप गर्ने नेप्सेको निर्णयलाई स्वागत्योग्य कदमकोरुपमा लिएको बोर्डले जनाएको छ ।

साथै, लगानीकर्ताहरुलाई सुविधादिने उद्देश्यले समय थप गरिएकोमा त्यसकोे प्रभावकारीताको लागि दोस्रो बजार कारोबारसँग सम्बन्धित क्लियरिङ बैंकको संख्या थप गर्ने, कारोबार प्रणालीमा सुधार गर्नेलगायतका अरु विषयमा पनि बोर्डले नेप्सेलाई गम्भीर ध्यानाकर्षण गराएको जनाइएको छ ।