
फाइल फोटो
काठमाडौं, साउन १ । नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।
व्यवस्थापिका–संसदमा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना सांसदलाई यस्तो ‘ह्वीप’ जारी गरेको हो ।
कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यकाबाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका छन् ।
संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै सांसदलाई सजग गराइएको मुख्य सचेतक श्रेष्ठले राससलाई बताए । रासस
प्रतिक्रिया दिनुहोस्