१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


बाढीले बझाङमा ७ पसल र एक झोलुंगेपुल बगायो, सदरमुकाम–गाउँको सम्बन्ध टुट्यो


0
Shares

बैतडी, साउन १ । बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।

बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले सातओटा पसल र एउटा झोलुंगेपुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले भने–‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य ६ जनाको पसल बगाएको छ ।’

बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ । अझै १५ पसल बाढीको उच्चजोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गरे ।

३० ओटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुंगेपुल बगाउँदा सदरमुकाम–गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

शुक्रबार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो । रासस