
फाइल फोटो
अपडेटः
चितवन, साउन १ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक अहिले एकतर्फी सन्चालनमा आएको छ ।
दारेचोक–४ मुग्लिन बजारनजिकै पहिरो खसेपछि शनिबार बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको थियो ।
मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ सो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सडक विस्तारकाक्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
तर, पहिरो पन्छाएर एकतर्फी सडक सन्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्