५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


पाँचथरमा ५२ प्रतिशतमात्र रोपाइँ


0
Shares

पाँचथर, साउन १ । पाँचथरमा असार बितिसक्दासमेत ५२ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

समयमै वर्षा नहुनु, युवाशक्ति विदेशिँदा कामदारको अभाव हुनु तथा मल र बीउ सहज उपलब्ध हुन नसक्दा रोपाइँमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

अहिलेसम्म ९ सय २० हेक्टर क्षेत्रफलमामात्र धान रोपाइँ गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी निलकोमल सिंहले जानकारी दिए ।

गत वर्ष पनि पर्याप्त पानी नपर्दा पाँचथरमा रोपाइँमा ढिलाइ भएको थियो ।