पीडामाथि अर्को पीडाः भूकम्पपीडित जुकादेखि पहिरोसम्मको त्रासमा (भिडियोसहित) « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


पीडामाथि अर्को पीडाः भूकम्पपीडित जुकादेखि पहिरोसम्मको त्रासमा (भिडियोसहित)


0
Shares

रवीन्द्र गौतम (इमेज)

दोलखा, साउन १ । दोलखाका भूकम्पप्रभावितहरुको अवस्था झन् दयनीय बन्दै गएको छ ।

गत वर्ष गएको शक्तिशाली भूकम्पले अस्तव्यस्त बनाएर विस्थापित भएकाहरु अहिले बाढी, पहिरो र जुकाको त्रासमा जीवन बिताउन बाध्य छन् ।

दोलखाको उच्चपहाडी क्षेत्रमा बसोबास गर्नेदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने भूकम्पपीडितलाई बर्खा लागेसँगै बाढी आउने र जुका लाग्ने डर बढ्दै गएको छ ।

अस्थायी टहरामा जीवन बिताइरहेका भूकम्पपीडितहरुलाई कहिले भान्सामै जुकाले डसेर रगताम्मे बनाएको हुन्छ भने त कहिले पहिरो आएर लैजान्छ भन्ने डर लागिरहेको हुन्छ ।

टहरामा बास बसेका दोलखाको उच्च भू–भागमा बसोबास गर्ने ३७ गाउँ विकास समितिका करिब ५० हजार जनसंख्या जुकादेखि जंगली जनावरसम्मको जोखिममा रहेका छन् ।

तल्लो क्षेत्रमा बसोबास गर्ने करिब ७० हजार पीडितहरु पनि पहिरोको उच्चजोखिममा बाँचिरहेका छन् ।

अस्थायी आवासमा बसोबास गर्नुपर्ने, वर्षाको पानीले निन्द्रा नपर्ने, पानी चुहिएर बिछ्यौना भिज्ने, भान्सामै स्याल पस्ने जस्ता पीडाहरु भोग्दै आएको पीडितहरुको गुनासो छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्