५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


ढुक्क भएर लगानी गर्नोस् : उद्योगमन्त्री


0
Shares

काठमाडौं, साउन १ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मन्त्री पाण्डेले सरकारले मुलुकमा लगानीको वातावरण बनाइसकेको भन्दै देशभित्रै लगानी गर्न आग्रह गरे ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको २९औं वार्षिकोत्सवको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले मुलुकमा औद्यौगिक विकासका लागि सरकार प्रयासरत् रहेको बताए ।

औद्योगिक क्रान्तिबाटमात्र मुलुक अगाडि बढ्नसक्ने भन्दै उनले सरकार र निजी क्षेत्रको पहलबाटमात्र औद्योगिक विकास सम्भव रहेको स्पस्ट पारे ।

कार्यक्रमका अरु वक्ताहरुले भने अस्थीर राजनीति र सुरक्षाको ग्यारेन्टी हुन नसक्दा अझै लगानीको वातावरण बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।