१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


पानीको भाँडोमा डुबेर बालकको मृत्यु


0
Shares

रौतहट,साउन १ । रौतहटको लक्ष्मिनिया गाविसमा पानीको भाँडोमा डुबेर आज एकजना बालकको मृत्यु भएको छ ।

लक्ष्मिनियास्थित आफनो मामाघर आएका गम्हरिया गाविस–२ का जहुर मियाका डेढ वर्षीय छोरा बाबुदिन मियाको भाँडोमा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।

लक्ष्मिनिया–५ का मामा जौहार मियाको घरमा मिठाइ बनाउनका लागि राखिएको भाँडामा डुबेर उक्त बालकको मृत्यु भएको हो ।

वर्षाको पानीले भरिएको भाँडोमा खेल्ने क्रममा आज बिहान ९ः३० बजे बालक मियाको डुबेर मृत्यु भएको छ ।

खेल्दाखेल्दै भाँडोमा पसेर अचेत भएका बालकको उपचारका लागि लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस