१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


पाँचथर जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट


0
Shares

फिदिम, साउन २ । जिल्ला अदालत पाँचथरले यस वर्ष ४२४ वटा मुद्दा फर्छ्यौट गरेको छ । यस आर्थिक वर्षभित्र ३६४ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी अर्थात् ४२४ मुद्दा फर्छ्यौट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयलगायतका पक्षको सहयोग लिएर यो सफलता मिलेको जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । १०६ वर्ष एक महिना १५ दिन लगत असुली कैद भुक्तानी गर्नेे लक्ष्य राखेको कार्यालयले लक्ष्यभन्दा सात गुणाभन्दा बढी लगत असुली फर्छ्यौट गरेको छ । यसैगरी ३ लाख ८३ हजार ८ सय २९ रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ५३ लाख ९३ हजार ५ सय ४२ रुपैयाँ जरिवाना लगत असुली संकलन गरेको छ ।