Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


दिल्लीका मूख्यमन्त्री भन्छन्– केन्द्र र दिल्लीको सम्बन्ध भारत–पाकिस्तानजस्तै


0
Shares

नयाँ दिल्ली, साउन २ । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र र दिल्लीबीचको सम्बन्ध भारत र पाकिस्तानको जस्तै भएको बताएका छन् ।

उनले आइतबारबाट थालेको जनतासँग संवाद ‘टक टु एके’ कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनले दिल्ली सरकारलाई केन्द्र सरकारले सहयोग नगरेको पनि बताए ।

उनले दिल्ली सरकारलाई केन्द्रले पाकिस्तानजस्तै ठान्ने गरेको पनि बताए । उनले दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउनका लागि जनताको मत लिइने प्रष्ट पारे ।

एक प्रश्नको जवाफमा उनले भने, ‘जसरी अंग्रेजको पालामा पुलिसले क्रान्तिकारीलाई निशाना बनाउने गरेको थियो, त्यसरी नै अहिले हामीलाई पुलिसले दुःख दिइरहेको छ, हाम्रो इमानदारीबाट डराएर नै केन्द्र सरकारले हाम्रो पछाडी पुलिस परिचालन गरेको छ ।’ (एजेन्सी)