
तेह्रथुम, साउन २ । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा गुडिरहेको ट्रकबाट खसेर दुई बालक घाईते भएका छन् ।
स्थानीय बागदेल कार्कीका १३ बर्षीय छोरा होमबहादुर कार्की र बिर्ख बहादुर नेपालीका ११ बर्षीय छोरा विपन नेपाली ट्रकबाट खसेर घाईते भएका हुन् ।
आइतबार बिहान साढे ९ बजे ना६ख १८८६ नम्बरको ट्रकबाट खस्दा घाईते भएका दुवै जनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेमध्ये विपन नेपालीको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालाकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्