
दार्चुला, साउन २ । महाकाली नदीमा पानीको सतह बढेपछि दार्चुलाबासी त्रसित बनेका छन् । उर्लिएको नदीले आसपासका बस्तीमा कटान शुरु गरेपछि स्थानीय त्रसित भएका हुन् ।
बङ्गाबगड र गल्फै क्षेत्रमा कटान तीव्र देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रशासनले नदी छेउका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरेको छ ।
नदीमा पानीको बहाव बढेर सदरमुकाम खलंगा बजारको सडकसम्म पुगेपछि आवागमनमा समेत समस्या भएको छ ।
२०७० साल असारमा महाकाली नदीमा आएको बाढीले दार्चुलामा ठूलो क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्