
काठमाडौं, साउन २ । गोरखा फुजेलकी गंगामाया आधिकारीले आफ्नो छोराका हत्यारालाई कारबाही गर्न सरकार र न्यायालयसँग माग गरेकी छन् ।
लामो समयदेखि वीर अस्पतालमा अनशनमा रहेकी अधिकारीले अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अस्पतालमै पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न र अड्डाकै तर्फबाट साक्षीको बकपत्र गराउन माग गरेकी हुन् ।
२०६१ साल जेठ २४ गते गंगामायाका कान्छा छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले चितवनमा हत्या गरेका थिए । आफूहरुले उक्त हत्यामा किटानी जाहेरी दिएका छविलाल पौडेल र रुद्र आचार्य अहिले पनि खुलमखुल्ला हिंडिरहेको भन्दै गंगामायाले हत्याराहरुलाई चाँडै कानूनको कठघरामा उभ्याउन माग गरिन् ।
छोराका हत्यारालाई कारबाहीको माग गर्ने क्रममै गंगामायाका श्रीमान् नन्दप्रसादको २०७१ साल असोज ६ गते अनशनकै शिलशिलामा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्