‘इमा वाट्सन ११ वर्षकै हुँदा बिहे गर्न चाहेका थिए माइकल ज्याक्सनले’ « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


‘इमा वाट्सन ११ वर्षकै हुँदा बिहे गर्न चाहेका थिए माइकल ज्याक्सनले’


0
Shares

लन्डन, साउन २ । विश्व प्रख्यात पप स्टार माइकल ज्याक्सनको निधन भएको पाँच बर्ष बितिसक्दा पनि उनको नाम विवादमा तानिएको छ ।

पछिल्लो पटक उनकै चिकित्सक कोनराढ मरेले एक सनसनीखेज खुलासा गरेका छन् । मरेका अनुसार माइकल ज्याक्सनले ह्यारी पोर्टर चलचित्रकी नायिका इमा वाट्सन ११ वर्षकै हुँदा उनीसँग बिहे गर्न चाहेका थिए ।

बेलायती अखबार ‘दि मिरर’ ले माइकल ज्याक्सनका चिकित्सक मरेका उल्लेखित भनाइलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

मरेमाथि माइकल ज्याक्सनलाई औषधीको ‘ओभरडोज’ दिएको आरोप लागेको थियो । उनी माइकल ज्याक्सनको अन्तिम समयमा निकट थिए ।

उनका अनुसार माइकल ज्याक्सनले १२ वर्षीय हेरिएटसँग बिहे गर्ने चाहना राखेका भए पनि चाँडै नै उनले ११ वर्षीय वाट्सनप्रति झुकाव राख्न थालेका थिए । (एजेन्सी)